अन्तिम दिन कति आवेदन पर्यो ट्रेड टावरको आईपीओमा ?

ट्रेड टावर लिमिटेडको साधारण सेयर (IPO) मा कुल २ अर्ब ५७ करोड ७९ लाख ७९ हजार रुपैयाँ बराबरको आवेदन परेको छ। मंगलबार (जेठ २०) साँझ ५ः०६ बजेसम्म २१ लाख ६९ हजार ८९१ जनाले २ करोड ५७ लाख ७९ हजार ७९० कित्ता सेयरको लागि आवेदन दिएका छन्, जुन मागभन्दा ७.८२ गुणा बढी हो।

कम्पनीले जेठ १४ देखि २० गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ दरमा ३२ लाख ९६ हजार ५०५ कित्ता सेयर सर्वसाधारणका लागि खुला गरेको थियो। यसअघि १० प्रतिशत सेयर (३ लाख ९७ हजार १६९ कित्ता) वैदेशिक रोजगारीमा रहेका नेपालीलाई छुट्याइएको थियो।

साधारण सेयर निष्कासनको व्यवस्थापन लक्ष्मी सनराइज क्यापिटलले गरेको हो। इक्रा नेपालले कम्पनीलाई ‘इक्रा एनपी डबल बी माइनस’ रेटिङ दिएको छ, जसले औसत जोखिम संकेत गर्दछ। रेटिङ २०८२ माघ ७ गतेसम्म मान्य हुनेछ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top