नेको इन्स्योरेन्सको २९ औँ वार्षिक साधारण सभा आज, लाभांश र विशेष प्रस्ताव अनुमोदन हुने

नेको इन्स्योरेन्स कम्पनीले आफ्नो २९ औँ वार्षिक साधारणसभा आज जेठ ९ गते काठमाडौंको नक्सालस्थित लिसारा रिसेप्सनमा बिहान ११ बजे आयोजना गर्दैछ। सभाले आर्थिक वर्ष २०८०/८१ का लागि कुल ७.३६८४% लाभांश (७% बोनस सेयर र ०.३६८४% नगद लाभांश) पारित गर्नेछ।

साथै, प्रबन्धपत्र संशोधन, बोनस सेयरपछिको पुँजी वृद्धिको प्रस्ताव, वार्षिक तथा लेखापरीक्षक प्रतिवेदन स्वीकृति, र नयाँ लेखापरीक्षकको नियुक्ति सम्बन्धी प्रस्तावहरू पारित गरिनेछ।

वैशाख ३० गते बुक क्लोज भएकाले वैशाख २८ गतेसम्म कायम सेयरधनीहरू मात्र सभामा भाग लिन योग्य छन्।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top