रिलायबल नेपाल लाइफको आठौँ वार्षिक साधारणसभा असार २ गते

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले आठौँ वार्षिक साधारणसभा असार २ गते काठमाडौंको भाटभटेनीस्थित आम्रपाली ब्यांक्वेटमा आयोजना गर्ने भएको छ।

सभा बिहान ११ बजे सुरु हुनेछ र यसले आर्थिक वर्ष २०८०/८१ का लागि १२.६३% लाभांश पारित गर्नेछ, जसमा १२% बोनस सेयर र ०.६३% नगद लाभांश समावेश छन्। बोनस सेयर वितरणपछि कम्पनीको चुक्तापुँजी ५ अर्ब १९ करोड रुपैयाँ पुग्नेछ।

सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ, जसमा आवश्यक परेमा नियामक निकायको निर्देशनअनुसार संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेछ।

त्यसैगरी, सभाले आर्थिक वर्ष २०८०/८१ को वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्ने र २०८१/८२ का लागि लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पनि पारित गर्नेछ।

लाभांश र सभाको लागि कम्पनीले बुक क्लोज मिति जेठ २६ गते तोकेको छ। यस मितिसम्म सेयरधनी कायम रहेकाले मात्र लाभांश प्राप्त गर्न र सभामा भाग लिन सक्नेछन्।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top