सान्भि इनर्जी लिमिटेडको आइपीओमा अत्यधिक आवेदन

सान्भि इनर्जी लिमिटेडको आइपीओमा हालसम्म १ अर्ब ६३ करोड ९ लाख ९८ हजार रुपैयाँ बराबरको आवेदन परेको छ। सीडीएस एन्ड क्लियरिङका अनुसार जेठ ११ गते साँझसम्म १३ लाखभन्दा बढी सर्वसाधारणले १ करोड ६३ लाख कित्ताभन्दा बढी सेयरका लागि आवेदन दिएका छन्।

कम्पनीले जेठ ९ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ दरमा २४ लाख १५ हजार ३०० कित्ता सेयर निष्कासन गरेको हो, जसबाट २४ करोड १५ लाख रुपैयाँ संकलन गर्ने लक्ष्य छ। आवेदन दिने अन्तिम म्याद जेठ १३ गतेसम्म रहेकाले मागभन्दा धेरै आवेदन पर्ने प्रबल सम्भावना देखिएको छ।

यसअघि सान्भिले आयोजना प्रभावित स्थानीयलाई ८ लाख ८० हजार कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई २ लाख ९१ हजार कित्ता आइपीओ बिक्री गरिसकेको छ।

सान्भिको आइपीओमा सी–आस्वा सेवायुक्त बैंक, वित्तीय संस्था तथा मेरोसेयरमार्फत आवेदन दिन सकिन्छ। कम्पनीले केयर रेटिङ्स नेपालबाट “CARE NP BB+” रेटिङ प्राप्त गरेको छ, जसले औसत जोखिम जनाउँछ। यो रेटिङ २०८२ फागुन १५ गतेसम्म मान्य हुनेछ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top