सेयर बजारमा सुधारको संकेत, नेप्से उकालो

बिहीबार सेयर बजार सकारात्मक देखिएको छ। नेप्से सूचक करिब १९ अंकले बढेर २६८८ अंक नाघेको छ र कारोबार रकम ९ अर्ब नाघेको छ। सबैभन्दा बढी वृद्धि वाणिज्य बैंक समूहमा देखिएको छ। एउटा कम्पनीमा (OMPL) सकारात्मक सर्किट लागेको छ, र (BHPL) एउटामै नकारात्मक सर्किट लागेको छ ।

Nepal Stock Update

नवनियुक्त गभर्नर विश्वनाथ पौडेलले पुँजी बजार सुधारका लागि नीति ल्याउने बताएका छन्, जसले लगानीकर्तामा सकारात्मक सन्देश दिएको देखिन्छ। यसले बजारमा उत्साह थपेको विश्लेषण गरिएको छ।

बजार अघिल्लो केही समयदेखि साइडवेजमा रहेकाले सुधारका प्रयासहरु अब प्रभावकारी हुने अपेक्षा गरिएको छ। आउँदै गरेको बजेट र मौद्रिक नीतिको समीक्षाले थप दिशा दिन सक्छ।

हालको नीतिहरू, जस्तै १५ करोडको सेयर कर्जा सीमा र अल्पकालीन कारोबारमा प्रतिबन्ध, बजारमा असर पार्ने मुख्य कारण हुन्। तर अब नीति लचिलो बन्ने अपेक्षा गरिएको छ।

बिहीबार ३१४ कम्पनीका २ करोडभन्दा बढी कित्ता सेयर किनबेच भए। कारोबार रकममा ङादी ग्रुप पावर कम्पनी अग्रस्थानमा रह्यो, त्यसपछि राधी हाइड्रोपावर र कुमारी बैंक छन्।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top